सुदूरपश्चिम सरकारले खर्च कटौती गर्दा २ अर्ब बचत

सुदूरपश्चिम सरकारले खर्च कटौती गर्दा २ अर्ब बचत Ramaroshan
२०८२ असोज १४ गते
सुदूरपश्चिम सरकारले खर्च कटौती गर्दा २ अर्ब बचत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको खर्च कटौती गर्ने निर्णयले चालु आर्थिक वर्षमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ । गएको शुव्रmबार बसेको मन्त्रीपरिषद् बैठकले प्राथमिकताविहीन खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारले १० लाख रुपियाँभन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । प्रदेश सरकारको यो निर्णयले करिब दुई अर्ब रुपियाँ बचतभए को मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । बचत रकमले जेनजी समूहको आन्दोलनका क्रममा क्षति भएका मन्त्रालय र कार्यालयका पुनर्निर्माणमा सहयोग पुग्ने जनाइएको
छ ।

भदौ २४ गते प्रदर्शनकारीले प्रदेश सभा, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालयलगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेर क्षति पु¥याएका थिए ।

खर्च कटौतीका लागि प्रदेश सरकारले मातहतका निकायबाट उपभ ोक्ता समितिमार्फत सञ्चालन हुने आयोजना पनि कार्यान्वयन नगर्ने नीति लिएको छ । यसै गरी छपाइ तथाप्रकाशन तर्फ ७० र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन, तालिम, गोष्ठी, सेमिनारलगायतमा ५० प्रतिशत कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।