धनगढी, ६ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टीका बलेन्द्र शाह बालेनले सुदूरपश्चिम भोट माग्न नआएको बताउदै काम दिन आग्रह गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी धनगढी भोट माग्न आएको होईन’ उनले भने भने–‘काम माग्न आएको हो ।’ पार्टीले धनगढीमा चुनावी सभा ‘परिवर्तनको उद्घोष’मा सम्बोधन गर्दै बालेनले तपाईहरुले भोट नदिएपनि सुदूरपश्चिम बनाउने दाबी गरेका छन् ।
‘तपाईहरुले भोट नदिएपनि हुन्छ’ उनले भने–‘तपाईहरुको काम के हो हाम्रा उम्मेदबारलाई कामको लिष्ट दिनुहोला ।’ उनले दुई मिनेट जति मात्रै बोलेका बालेनले सम्बोधनका क्रममा पुन गित दोह¥याएका थिए : ‘सुदूरपश्चिम अब दुर नही, झिक्कै झिक्छ माया छ’ भनेर सम्बोधन सकेका थिए ।
बालेनले सुदूरपश्चिम पुराना नेताहरुले अहिले सम्म जोड्न नसकेको टिप्पणी गरेका छन् । सुदूरपश्चिमका गित मात्रै सुनाएर हुदैन केन्द्रमा आफ्नो आवाज सुनाउने सामथ्र्य राख्न सक्नु पर्छ त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका थिए ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

