एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि

एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि Ramaroshan
२०८० भाद्र ११ गते
एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि

hgs 7s'/L, c5fd १६ औं संस्करणको एसीसी एसिया कप बुधबारबाट शुरु हुँदैछ पाकिस्तान श्रीलंकामा हुने प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ प्रतियोगितामा डेब्यु गर्ने तयारीमा रहेको नेपाल विश्व क्रिकेटका दुई महारथी भारत पाकिस्तानविरुद्ध मैदान उत्रिदैछ रोचक कुरा के भने नेपालले खेल्ने दुवै खेल छुट्टाछुट्टै दुई देशमा हुनेछ

नेपालको लागि एसिया कप नयाँ अनुभव हुनेछ नौलो प्रतियोगिता, ह्याभिवेट दुई देश सुपरस्टार खेलाडी यसअघि नेपालले ठुलो प्रतियोगिता नखेलेको भने हैन यसअघि नेपालले सन् २०१४ मा आईसीसी टी-२० विश्वकप खेलिसकेको तरपनि यसपटक भारत पाकिस्तानसँग खेल्ने भएको हुनाले नेपाली टोलीको लागि चुनौतीसँगै अवसर रहेको प्रतियोगितामा नेपाललाई विश्वले हेर्नेछ यस प्रतियोगितामा गरेको प्रदर्शनले विश्व क्रिकेटमा नयाँ ढोका ढक्ढकाउन मद्दत गर्नेछ


नेपाली क्रिकेटको लागि यस वर्ष विशेष रह्यो । आठ महिनाको अन्तरालमा नेपालले थुप्रै सफलता हात पार्यो । एक समय एकदिवसीय मान्यता कसरी जोगाउने चिन्तामा रहेको नेपालले एसिया कपसम्मको यात्रा तय गर्न सफल भयो । आईसीसी विश्वकप लिग-२ को पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले एसोसियट क्रिकेटकै उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो १२ खेलमा ११ खेल जितेर दोस्रो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाउनुसँगै विश्वकपको छनोट खेल्ने अवसर पायो ।

पछिल्लो आठ महिनामा नेपाली क्रिकेटले पाएको सफलता भारतीय मुख्य प्रशिक्षक मोन्टी देशाईसँग जोडिएको छ । गुटबन्दीसँगै विभिन्न विवादमा अल्झिएको नेपाली क्रिकेट टोली मोन्टीको आगमनसँगै ‘ह्यापी ड्रेसिंङ रुम’मा परिवर्तन भयो । अहिले टोलीमा ह्यापी ड्रेसिङ रूपको नारा छ । जसको कारण नतिजापनि सन्तोषजनक रहेको छ ।


गत अप्रिलमा नेपालले एसीसी प्रिमियर कप आयोजना गरेको थियो । घरेलु मैदानमा अपराजीत रहेर उपाधि जित्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुरक्षीत गरेको थियो । १० टोली सम्मीलित प्रतियोगितामा नेपालले ६ खेल खेल्दै चार खेलमा जीत निकालेको थियो । दुई खेलमा भने वर्षा बाधक बनेको थियो । रोमान्चक बनेको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसिया कप नेपालको लागि सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता हुनेछ । यसअघि सन् २०१४ मा आईसीसी टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले आईसीसी तथा एसीसीले आयोजना गर्ने ठुलो प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

एसिया कपलाई विश्वकपपछिको सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । विश्व क्रिकेटमा आफुलाई चिनाउन नेपाललाई यस प्रतियोगिताले ठुलो मद्दत गर्नेछ । नेपाल विश्व क्रिकेटकै शक्तिशाली राष्ट्र मानिने भारत र पाकिस्तानसँग समूहचरणमा खेल्दैछ । उक्त खेलमा सम्मानजन प्रदर्शन गरेको खण्डमा नेपाली क्रिकेटमा नयाँ अध्याय थपिनेछ ।

नेपालले यस अवसरलाई सिकाइसँगै सफलताको रुपमा लिनु जरुरी छ । एकदिवसीय विश्वकप खेल्न संघर्ष गरिरहेको नेपालले एसिया कप जस्तो ठुलो स्टेजमा आफ्नो क्षमता देखाउनु जरुरी छ । नेपाली खेलाडी विश्व क्रिकेटमा चर्चीत विराट कोहलीसँगै बाबर आजामको विरुद्धमा आत्मबलसहित मैदान उत्रिनुपर्नेछ । नेपाललाई यस प्रतियोगितामा गुमाउनुपर्ने केहि नभएको हुनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा विश्व क्रिकेटमा नेपालको नाम एक खुड्किलो माथि उठाउन मद्दत पुग्नेछ ।

यता नेपालले हालसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छ । नेपालले गत जुनमा जिम्बाव्वेमा भएको आईसीसी क्रिकेट विश्वकप छनोटमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन । नेपालले छनोटको आठौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो । समूहचरणमा टेस्ट राष्ट्र जिम्बाब्वेसँगै दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेलेको नेपालले जीत निकाल्न सकेन । समूहचरणमा अमेरिकालाईमात्र हराउन सकेको नेपालले ६ खेलमा मात्र दुई जीत निकाल्न सक्यो । सातौँ स्थानको लागि भएको अन्तिम खेलमापनि नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग दुई विकेटले पराजीत भएको थियो । त्यसैले एसिया कपमा टेस्ट राष्ट्रविरुद्धको खराब लयलाई पूर्णविराम लगाउने अवसर रहेको छ । तर जीत निकाल्न सहज पक्कै छैन ।

एसिया कपको तयारीको रुपमा नेपालले श्रीलंकामा भएको एसीसी इमार्जिंङ टिम्स एसिया कप खेलेको थियो । ८ राष्ट्र सहभागी प्रतियोगितामा अन्य टोलीले आफ्नो ‘ए’ टोली पठाउँदा नेपालको राष्ट्रिय टोलीलेनै सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामापनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । प्रतियोगितामा नेपालले युएईको ए टोलीलाई हराउँदा भारत र पाकिस्तानको ए टोलीलाई कडा प्रतिस्पर्धापनि दिन सकेन । त्यसपछि नेपालले श्रीलंकामै १५ दिनको क्याप गरेको थियो ।

त्यसैले पहिलो सहभागितामै नेपाल एसिया कपलाई सम्झनलायक बनाउन चाहन्छ । ६ राष्ट्र सम्मीलित प्रतियोगिताको नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा नेपालसँगै भारत र पाकिस्तान रहेका छन् । नेपालले भदौ १३ गते हुने उद्धाटन खेलमा पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेल भदौ १८ मा भारतसँग श्रीलंकाको पाल्लेकेले अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । भारतले पाकिस्तान जान अस्विकार गरेपछि प्रतियोगिता दुई देशमा आयोजना गर्न लागिएको हो ।