काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मतप्रतिशत घटाउनका लागि आयोगले आउँदो फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । सबै ७ सय ५३ वटै पालिकाको ६ हजार ७ सय ४३ वटा वडामा एकरएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाकाबारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले मतदाता शिक्षा कार्यक्रममा आवश्यक सहयोगका लागि सातै प्रदेश सरकार, ७ सय ५३ वटै पालिका, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध पनि गरेको छ ।
सिफारिस
अलपत्र मोटरेबल पुल निर्माण सुरु
पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै
कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम, महाकाली नदी सतर्कता नजिक
बालविवाह अन्त्य गर्न पञ्चदेवल नगरपालिकामा घनीभूत छलफल
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

