धनगढी / कैलालीको धनगढीबाट ठुलो परिणाममा लागू औषध खैरो हेरोइन बरामद गरिएको छ । शुक्रवार धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी–अत्तरिया सडकको मोहनपुर चोकबाट ३३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका २५ वर्षीय सम्भु भट्ट र बैतडीको सिंगास गाउँपालिका–१ की २३ वर्षीय कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा २३ ग्राम ३४० मिलिग्राम लागू औषध बरामद गरेको थियो। त्यसपछि धनगढी उपमहानगरपालिका–४ स्थित उनीहरूको डेरा कोठामा खानतलासी गर्दा थप १० ग्राम ३६० मिलिग्राम लागू औषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट एक थान एयर गन, नगद ६५ हजार र दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ।
सिफारिस
धनगढीबाट ८ जुवाडे पक्राउ
बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत
हिउँदे अधिवेशन अझै अन्योलमा
आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको मुहार फेरियो
एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

