दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान Ramaroshan
२०८२ मङ्गसिर २९ गते
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान

 धनगढी । कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ । 

मन्त्रालयले उपकुलपति नियुक्तिका लागि पहिलो पटक कात्तिक १६ गते १५ दिनको म्याद तोकेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा कसैले पनि आवेदन नदिएपछि पाँच दिनको म्याद तोकेर दोस्रो पटक आवेदन आह्वान गरेको थियो । दोस्रो दिनको म्याद मङ्सिर ५ गते (शुक्रबार) सकिएको थियो ।  

यतिबेलासम्म उपकुलपति नियुक्त गरेर कार्यस्थलमा पठाइसक्नुपर्नेमा फेरि तेस्रो पटक आवेदन आह्वान गरिएको छ । यस पटक पनि योग्य आवेदकले आवेदन दिन्छन् कि दिँदैनन् भन्नेमा मन्त्रालयले शङ्का व्यक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत केही समयअघि उक्त विश्वविद्यालयका लागि उपकुलपति नपाएर हैरान भएको बताउनुभएको थियो ।