धनगढी । शनिबार दिउँसो हत्या गरेर मुख जलाइएको अवस्थामा कैलालीको मोहन्याल गाउँपालिका- १ को तल्लोपानीमा जंगलभित्र भेटिएको युवतीको शव उठाइएको छ । नवप्रगतशिल सामुदायिक जंगलमा फेला परेको शव घटनास्थल कार्य सकेर राति उठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए । हत्या गरेर अनुहार जलाएको अवस्थामा जंगलमा युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

