बैतडीको खोड्पेस्थित शिव मन्दिरमा २२ फीट अग्लो मूर्ती निर्माण

बैतडीको खोड्पेस्थित शिव मन्दिरमा २२ फीट अग्लो  मूर्ती निर्माण Ramaroshan
२०८२ फाल्गुन ०३ गते
बैतडीको खोड्पेस्थित शिव मन्दिरमा २२ फीट अग्लो  मूर्ती निर्माण

बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित शिव मन्दिरमा २२ फीट अग्लो भगवान शिवको मूर्ती निर्माण गरिएको छ । 

६ लाखको लागतमा मूर्ती निर्माण गरिएको र त्यसमा ३ लाख ४० हजार रुपैयाँ वडा कार्यालयको लगानी रहेको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । बाँकी रकम श्रद्धालुहरुबाट चन्दा संकलन गरिने मूर्ती निर्माण व्यवस्थापन समितिले जनाएको छ । 

खोड्पेस्थित शिवालयमा हरेक बर्ष महाशिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । स्थानीयहरुको अगाध श्रद्धास्थल भएकाले उक्त ठाउँमा भगवान शिवको मूर्ती निर्माण गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

उक्त मन्दिरमा लाग्ने महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिरा विक्रि वा सेवन गरेको पाइएमा तीन हजार जरीवाना तोकिएको वडा अध्यक्ष बिष्टले बताए ।