धनगढी, १ चैत / चैत महिना सुरु भएसँगै सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको छ। भाइबहिनीको प्रेम झल्काउने यो पर्वमा बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका दाजुभाइले भेट्ने चलन छ।
बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुरका साथै सीमावर्ती भारतीय गाउँहरूमा पनि यो परम्परा प्रचलित छ। चैत महिनामा खाद्यान्न अभाव हुने भएकाले माइतीले छोरीबहिनीको घरमा खानेकुरा र कोसेली लिएर जाने चलन रहिआएको छ।
भिटौलोमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा लगेर दिने गरिन्छ। माइतीबाट आएको कोसेली छिमेकमा बाँड्ने चलन पनि छ।
भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर पुगेर भेट्ने परम्पराले भाइबहिनीको सम्बन्ध अझै नजिक बनाउने विश्वास गरिन्छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

