कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु Ramaroshan
२०८२ जेठ १९ गते
कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

 धनगढी, १९ जेठ ।  कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान दुई बजेको समयमा गौरीगंगा नगरपालिका( १० जवलपुरका अनिल चौधरीको काठले बनाइएको दुई तले घरमा आगलागी हुँदा चौधरीका बुवा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाको टोलीले आगो नियन्त्रणमा लिएको उनले बताएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

घटना बारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको जनाइएको छ ।