धनगढीमा २२ गते सार्वजनिक बिदा

धनगढीमा २२ गते सार्वजनिक बिदा Ramaroshan
२०८२ जेठ १९ गते
धनगढीमा २२ गते सार्वजनिक बिदा

 धनगढी, १९ जेठ । कैलालीको धनगढीमा २२ गते सार्वजनिक बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो । उपमहानगरपालिकाले सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी दिएको छ ।

गंगादशहरामा धनगढीकि बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ । बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट पनि ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातमा बिदा हुने जनाएको छ ।