धनगढी २० जेठ / कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्। सोमबार भजनी नगरपालिकाबाट २ जना र टीकापुर नगरपालिकाबाट १ जना लागू औषध सहित पक्राउ परेका हुन ।
भजनी नगरपालिका–२ रजवारास्थितबाट ३१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित २२ वर्षीय शंकर चौधरी र १६ वर्षीय एक किशोर पक्राउ परेका छन् ।सुदूरपश्चिम प्रदेश ०१००८ प ४२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूको साथबाट लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका–१ ब्लक नम्बर ११ ड्राइभरटोबाट ३३ वर्षीय आशिष् कोराला पक्राउ परेका छन् । उनको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

