काठमाडौं नगर प्रहरी प्रमुख ६ महिनाका लागि निलम्बन

काठमाडौं नगर प्रहरी प्रमुख ६ महिनाका लागि निलम्बन Ramaroshan
२०८२ जेठ २० गते
काठमाडौं नगर प्रहरी प्रमुख ६ महिनाका लागि निलम्बन

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बनको पत्र जारी गरेका हुन् । निलम्बनको कारण गुरागाईँले आफैंमाथि गरिएको कार्यालय प्रवेशमा अवरोधलाई बताएका छन् । उक्त घटनासम्बन्धी स्पष्टीकरण मागिएकोमा पाण्डेको जवाफ असन्तोषजनक भएको भन्दै अनुशासनात्मक कारबाहीस्वरूप निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई लिखित स्पष्टीकरण माग्दै कारण बताउने समय दिएका थिए । तर, पाण्डेको उत्तर चित्त बुझ्दो नभएको ठहर गर्दै निलम्बन प्रक्रिया अघि बढाइएको हो ।  महानगरभित्र पछिल्लो समय आन्तरिक व्यवस्थापनमा देखिएको असमझदारी र खटपटको संकेतस्वरूप पाण्डेप्रतिको कारबाहीलाई हेरिएको छ । यो कदमले महानगरको प्रशासनिक संयन्त्रभित्रको तनाव झल्काउँछ ।