धनगढी,२१ जेठ । कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सञ्चालन हुने भएको छ । रामपुरस्थित बेहडाबाबा मन्दिरमा बुधबार (आज) देखि गंगादहरा मेला सुरु हुन लागेको हो । धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिरमा पूजाका लागि भारतबाटसमेत भत्तजनहरू आउने गरेका छन् । उनीहरूले उत्पादन गरेको अन्नसमेत बेहडाबाबामा दान गर्दै आएका छन् ।
परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । शिव लिंगको उचाइ अहिले करिब सात फिट छ । श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन् ।
मेलाका लागि धनगढी उपमहानगरपालिका–७, देवहरीयादेखि बेहडाबाबा मन्दिरसम्म सडक बत्ती जडान गरिएको छ भने सडकसमेत मर्मत गरिएको छ । कालोपत्र गर्न बाँकी रहेको सडकमा धनगढी उपमहानगरपालिकाले मर्मत गरेको हो ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

