डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते Ramaroshan
२०८२ जेठ २१ गते
डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

धनगढी,२१  जेठ । डोटीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।बगलेकबाट दिपायल तर्फ आउँदै गरेको लुप्र०१००१ च ०२४४ नम्बरको जिप दिपायल सिलगढी नगरपालिका–७ उडितोलास्थित भित्री सडक खण्डमा बुधवार दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–४ भल्माका ५४ वर्षका हरि हादुर विष्टले चलाएको जिप बुधबार बिहान करिब साढे १० बजेतिर ब्रेक फेल भई दुर्घटनामा परेको हो । घाइतेहरू सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।