गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि Ramaroshan
२०८२ जेठ २१ गते
गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि

 धनगढी,२१ जेठ ।  कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नाकाबाट भित्रिएका ३६ जनाको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिमको प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यद्यपि उक्त भाइरस भारतमा फैलिएको कोरोनाको नयाँ जेएन १ भेरिअन्ट हो या होइन भनेर पुष्टि भने भएको छैन । त्यसका लागि परीक्षण गरिने केन्द्रले जनाएको छ ।