गर्मी बढेपछि बेलौरीका विद्यालयमा बिदा

गर्मी बढेपछि बेलौरीका विद्यालयमा बिदा Ramaroshan
२०८२ जेठ २७ गते
गर्मी बढेपछि बेलौरीका विद्यालयमा बिदा

   धनगढी,२७ जेठ । केही दिनयता अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । ‘वर्षे बिदाबाट मिलान हुने गरी दुई दिन बिदा दिने निर्णय भएको छ,’ नगर प्रमुख पोतीलाल चौधरीले भने, ‘मंगलबार र बुधबार दुई दिन नगरका सबै विद्यालयमा बिदा हुनेछ ।’

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिदा दिने निणय भएको छ ।