अटिजम ब्यक्तीका लागी समावेशी निति, कार्यक्रम र बजेट सम्बन्धी अन्तर संवाद सम्पन्न
धनगढी,२७ जेठ । धनगढीमा अटिजम ब्यक्तीका लागी समावेशी निति, कार्यक्रम र बजेट सम्बन्धी सुदुरपश्चिम प्रदेश अन्तर मन्त्रालय संवाद सम्पन्न भएको छ । राष्टिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रदेश अन्तर मन्त्रालय संवाद सम्पन्न भएका हो । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा आयोजित अन्तर मन्त्रालय सवांद कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा।कमल प्रसाद पोख्रेल, प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा।जिवन राना, सामाजिक बिकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मी लगायतको सहभागिता थियो ।
यसका साथै निति तथा योजना आयोगका सदस्यहरु नृप सुनार, कर्ण कुँवर, बिभिन्न मन्त्रालयका सचिव एवं अन्य कर्मचारी तथा अटिजम अबिभावकहरुको उपस्थिती थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मी र प्रमुख सचिव डा।कमल प्रसाद पोख्रेलले सुदुरपश्चिमको आपागंता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
राष्टिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल धनगढीका अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा आयोजित अन्तर मन्त्रालय संवादले अटिजम अबिभावकका समस्या र समाधानका लागी छलफल गरेको हो ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

