धनगढी,२७ जेठ । बैतडीमा जिप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जिप पुर्चौडी नगरपालिका(६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जिप चालक बझाङको बित्थडचिर गाउँपालिका२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन्।
जिपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ। किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जिप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

