धनगढी,२७ जेठ । कैलालीको गौरीफन्टा नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार सुदूरपश्चिमका नाकाबाट भित्रिएका १४ जनाको कोरोना परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार गौरिफन्टा नाकाबाट भित्रिएका २ जनाको कोरोना परीक्षण गर्दा १ जना र झुलाघाट नाकाबाट भित्रिएका ४ जनामा कोरोना परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गड्डाचौकी नाकाबाट भित्रिएका ७ जनामा कोरोना परीक्षण गरिएको भए पनि सबैको नतिजा नेगेटिभ आएको जनाइएको छ । यो सँगै सुदूरपश्चिममा जेठ २१ यता मात्रै १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

