कञ्चनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

कञ्चनपुरमा आगलागी हुँदा १५ लाखको क्षति Ramaroshan
२०८२ जेठ २७ गते
कञ्चनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

  धनगढी,२७ जेठ । कञ्चनपुरको एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । मङ्गलबार बिहान शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी भएको थियो । आगलागी  दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।