धनगढी,२७ जेठ । अछामको जयगढ बजारका आगलागी पीडितहरूले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत पाउने भएका छन्। जिल्लाको बान्नीगढी–जगगढ गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरणका लागि कार्यविधि तयार पारेको हो।
गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि, २०८१’ पारित गरेसँगै गत चैत २६ गतेको भीषण आगलागीका पीडितहरूले राहत पाउने भएका हुन्। कार्यविधिमा २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत वितरण गर्ने मापदण्ड बनाइएको छ। आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने भएको हो। कार्यविधि पारित भएसँगै गाउँपालिकाले उक्त निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ।
गत चैत २६ गते भएको आगलागीबाट जयगढ बजारका घर तथा पसलहरूमा आठ करोड बढीको क्षति भएको थियो। उनीहरूले राहत स्वरूप गाउँपालिकामार्फत नगद रकम पाउने भएका हुन्। जयगढ बजारका आगलागी पीडितहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ गाउँपालिकाको खातामा पठाएको छ। बान्नीगढी–जयगढ गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ। हाल गाउँपालिकाको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

