धनगढी,२८ जेठ । खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ मा नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबिका कारण आकस्मिक अवतरण गरिएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो ।
“सेनाको हेलिकोप्टर ल्याण्ड भएको रहेछ, जयगढबाट प्रहरी टोलीलाई जान भनेका छौं ।” देउवाले भन्नुभयो, ‘‘हेलिकोप्टर अवतरण भएपछि स्थानीयहरु थालाकोट मैदान पुगेको बताइएको छ ।’’
थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भयो भनेर हाम्रो वडा सदस्य पनि त्यहाँ पुगिसक्नुभएको जानकारी बान्नीगढी जयगढ गाउँपालिका–५ का वडा अध्यक्ष टंकबहादुर साउँदले दिनुभयो । मौसम सफा भएपछि हेलिकोप्टर उडेर बताइएको छ । बिहानबाटै यस क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

