कैलालीमा ज्यानमार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले हान्यो गोली

कैलालीमा ज्यानमार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले हान्यो गोली Ramaroshan
२०८२ असार ०१ गते
कैलालीमा ज्यानमार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले हान्यो गोली

धनगढी, २९ जेठ / कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले फरार प्रतिवादीमाथि गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बिहीबार दिउँसो भजनी नगरपालिकामा गोली चलेको पुष्टि गरेका छन् ।

उनकाअनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो ।

भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए । गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकामा टीकापुरका रिदम ढुङ्गाना र मिलन चन्द रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ । गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भै रहेको छ ।