चुरे गाउँपालिका :एक वर्षमा खाजा र सभा सञ्चालनमै २१ लाख बढी रकम ‘स्वाहा’ !
धनगढी,३० जेठ । कैलालीको चुरे गाउँपालिकाले एक वर्षमा खाना खाजा, सभा सञ्चालन र विविध शीर्षकमा मात्रै २१ लाख बढी खर्च गरेको पाइएको छ। गाउँपालिकाले एक आर्थिक वर्षमा खाना खाजा सभा सञ्चालन तथा अन्य विविध शीर्षकमा २१ लाख ८२ लाख ८५ रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार उक्त खर्च आन्तरिक आम्दानीको करिब ३० प्रतिशत हुन आउँछ ।
चुरे गाउँपालिकाको आन्तरिक आय ७१ लाख ७९ हजार ५७७ रुपैयाँ मात्र रहेको छ। तर सोही आयको ३०.३९ प्रतिशत रकम सामान्य सभा र खाजा खर्चमा प्रयोग गरिनु मितव्ययिता विपरीत भएको महालेखाको टिप्पणी छ । प्रतिवेदनमा “विविध खर्चलाई आन्तरिक आयको आकारसँग कायम गरी खर्चको औचित्य पुष्टि हुने गरी निश्चित विषयवस्तु मापदण्ड बनाई मितव्ययी खर्चमा पालिकाको ध्यान जानु आवश्यक छ” प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र खर्चको औचित्य सुनिश्चित गर्नुपर्ने प्रावधान छ । तर चुरे गाउँपालिकाले प्राथमिकताभन्दा परका शीर्षकमा अत्यधिक खर्च गरेको देखिन्छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

