धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला असार ५ गतेदेखि हुने

धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला असार ५ गतेदेखि हुने Ramaroshan
२०८२ असार ०२ गते
धनगढीमा दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनी मेला असार ५ गतेदेखि हुने

धनगढी, ३० जेठ / पर्यटन संस्कृति खेल र व्यापार सुदूरपश्चिम विकासको आधार भन्ने मूल नाराका साथ दोस्रो सन्ध्याकालीन सांस्कृतिक मिनिमला २०८२ असार ५ गतेदेखि सुरु हुने भएको छ। आयोजकले आज पत्रकार सम्मेलन मार्फत धनगढी १ पशुपति टोलमा लाग्ने मिनिमला असार ५ गतेदेखि २१ गते सम्म साँझ २ बजेदेखि १० बजेसम्म आयोजना गर्ने गरी तयारी थालिएको बताएका छन्।

द टुविन्स अ कम्पिलिट ईन्स्टिच्युट अफ डान्स धनगढी कैलालीको आयोजनामा हुन लागेको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिए। स्थानीय कलाकारहरूलाई मञ्च दिने उद्देश्यले सुरु गरिएको सांस्कृतिक मिनी मेला धनगढी १ पशुपति टोलको महोत्सव लाग्ने प्राङ्गणमै हुने बताएका छन्।

पत्रकार सम्मेलन मार्फत आयोजकले राष्ट्रिय कलाकार आएको दिन मात्रै टिकट लाग्ने र बाँकी दिन निःशुल्क रहेको समेत जानकारी दिए। विद्यार्थीको लागि ५० रुपैयाँ र अन्य सर्वधारणको लागि १ सय रुपैंया टिकट तोकिएको छ।

मिनी मेलामा विभिन्न स्थानीय नृत्य केन्द्रहरु, विद्यालय नृत्य प्रतियोगिता बाल उद्यान र खेल सामग्री विभिन्न स्टलहरू समेत रहने मिनी मेलाका संयोजक गुणाकर पनहरुले जानकारी दिए।

मिनी मेलामा राष्ट्रिय गायक बद्री पंगेनी, रामजी खाँण ,ज्योति मगर ,दुर्गेश थापा, प्रकाश सपुत, चक्र बम,  एलिना चौहान, लालबहादुर धामी , राजकुमार कुस्मी  लगायतका स्थानीय कलाकारहरू समेतको बेजोड प्रस्तुति रहने द टुविन्स अ कम्पिलिट ईन्स्टिच्युट अफ डान्स धनगढीका अध्यक्ष केशव बलायरले जानकारी दिए।