धनगढी,३० जेठ ।कैलालीका विभिन्न स्थानमा जलमापन केन्द्र र वर्षामापन केन्द्र स्थापना गरिएको छ । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले विपद् जोखिम न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा जलमापन केन्द्र र वर्षामापन केन्द्र स्थापना गरेको हो ।
कैलालीका १८ वटा स्थानमा जलमापन केन्द्र र २३ वटा स्थानमा वर्षामापन केन्द्र स्थापना गरेको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय शाहले जानकारी दिए । उनले बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार जिल्लाको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

