धनगढी,३० जेठ । कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्दै आएका दाङका ३ जना पक्राउ परेका छन । बसपार्कमा चोरी गर्दै आएको आरोपमा प्रहरीले दाङको तुल्सिपुर नगरपालिका – ७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिकलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनीहरुलाई बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

