भारतबाट फर्किएका युवकको धनगढीमा मृत्यु

भारतबाट फर्किएका युवकको धनगढीमा मृत्यु Ramaroshan
२०८२ असार ०३ गते
भारतबाट फर्किएका युवकको धनगढीमा मृत्यु

धनगढी, ३१ जेठ । भारतको मुम्बईबाट तीन वर्षपछि घर फर्किएका एक युवकको धनगढीमा मृत्यु भएको छ । बिहीबार साथी सहित गौरिफन्टा नाका स्थित डोके बजार पुगेका पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरीको शुक्रवार मृत्यु भएको हो ।

साथीहरू सँगै डोके बजारमा खाजा खाएर बेपत्ता भएका उनी शुक्रवार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 गिरी घर नपुगेपछि उनका आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा फोटोसहित निवेदन समेत दिएका थिए ।