इजरायली आक्रमणमा इरान तेक्वान्दो महासंघका तीन सदस्यको मृत्यु

इजरायली आक्रमणमा इरान तेक्वान्दो महासंघका तीन सदस्यको मृत्यु Ramaroshan
२०८२ असार ०३ गते
इजरायली आक्रमणमा इरान तेक्वान्दो महासंघका तीन सदस्यको मृत्यु

धनगढी: तेहरानमाथि इजरायली आक्रमण हुँदा इरान तेक्वान्दो महासंघका तीन सदस्यको मृत्यु भएको इरान तेक्वान्दो महासंघले जनाएको छ। मृत्यु हुनेमध्ये इरान जुनियर तेक्वान्दो टोलीका खेलाडी आमिर अली आमिनी, महासंघका किशोर सदस्य मीर अली आमिनी र महासंघका धार्मिक गुरु (इमाम) होजतोलइस्लाम अहमदपोर रहेका छन्।

इजरायलको आक्रमणमा परेर ज्यान गुमाउनेहरूबारे विस्तृत विवरण आउँदै गर्दा इरानी सञ्चारमाध्यमहरूले उनीहरूको मृत्यु पुष्टि गरेका सीएनएनले जनाएको छ । इरानले पनि इजरायलमाथि जवाफी हमला गरेको छ । इजरायलका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

ती आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका अलजजिराले जनाएको छ ।