लागुऔषध नियन्त्रण गर्न कार्यविधि निर्माण गरेर अघि बढ्यो जिल्ला प्रहरी कार्यालय कैलाली

लागुऔषध नियन्त्रण गर्न कार्यविधि निर्माण गरेर अघि बढ्यो जिल्ला प्रहरी कार्यालय कैलाली Ramaroshan
२०८२ असार ०१ गते
लागुऔषध नियन्त्रण गर्न कार्यविधि निर्माण गरेर अघि बढ्यो जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी, १ असार / जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रण कार्यविधि बनाएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरि सोको बारेमा जानकारी दिएको छ ।

कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गर्न पत्रकारहरुसँग सुझाव पनि मागेको थियो । जिल्लाका गाउँटोल देखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेका र अभिभावकसँग ४ दिने अनुशिक्षणका कार्यक्रमको समेत कार्यविधिमा चर्चा गरिएको छ ।

कार्यक्रममा ९ लाख ७६ हजार खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणाले जानकारी दिए । ‘काम हामी गर्छौँ बिल भुक्तानी पालिकाले गर्ने हो’ उनले भने ‘सहभागीहरुका लागि खाना खर्च र भत्ताको समेत व्यवस्था गरिने छ ।’

मनोचिकित्सकद्वारा परामर्श, सहभागिको सामुहिक प्रतिवद्धता, समिति गठन,भौतिक रुपमा बसालेर पाठ्यक्रम वनाई परामर्श गर्ने जस्ता कार्यक्रम कार्यविधिमा समेटेको उनले बताए । उजले यो कार्यविधीले पछिल्लो समय समुदाय स्तरमा फैलिएको लागुऔषध दुर्व्यसनीको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।