सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग Ramaroshan
२०८२ असार ०१ गते
सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

धनगढी,१ असार ।   कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभुत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको छ । आईतबार महालक्ष्मी विकास बैंक अत्तरिया शाखाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागि करिब २४ हजार बराबरका शैक्षिक सामग्री वितरण गरिएको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल नेपालले बताए । उनले संस्थाको सामाजिक उत्तरदायीत्व अन्तरगत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको बताए । ‘हामीले सहयोग गर्ने सोच बनाएका थियौँ, तर यहाँको अवस्था हेर्दा यतिले मात्रै पुग्छ जस्तो लाग्दैन’ उनले भने ‘अहिले यति ग¥यौ आगामी वर्ष यो भन्दा पनि राम्रो गर्नेछौ ।’

 कार्यक्रममा गोदावरी नगरपालिका– २ का वडासदस्य एवम् विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डबल साउँदले अपांगता भएका बालबालिकाहरुलाई माथी उकास्ने अभिभारा सबैको भएको बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिरहेकामा अन्य व्यक्तिहरुले पनि अपांगता भएका बालबालिकाहरुलाई घरभित्रै गुम्सिएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सहयोग गर्न आवश्यक रहेको बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्व निभाएजस्तै मानिसहरुले मानविय उत्तरदायित्व निभाउन सके समाज स्वतः अगाडी बढ्ने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशकी सांसद तथा विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले संघसंस्थाहरुले यस्तै क्षेत्रमा आफ्नो संस्थाको उत्तरदायित्व बहन गर्नुपर्ने बताईन । उनले अपांगता भएका बालबालिकाहरुलाई बैंकको सहयोगले राहत पुग्ने बताईन । अपांगता भएका व्यक्तिहरुले पनि संविधान प्रदत्त अधिकार पाउन जरुरी रहेको बताउदै उनले सरकारले पनि यस्ता व्यक्तिहरुको व्यक्तित्व विकास तथा क्षमता विकासमा सहयोग गर्नुपर्ने बताईन । ‘यो विद्यालयमा यहाँहरु ९बैंक० को सहयोग थोरै हैन धेरै हो, कम्तिमा यहाँहरुले सोचिदिनुभयो’ उनले भनिन् । उनले विद्यालय र बालबालिकाहरुको अवस्था हेर्दा दया लागेर आउने गरेको समेत बताईन । उनले अपांगता भएका बालबालिकाहरुलाई पनि जिवनोपयोगी, गुणस्तरिय र प्रविधिमैत्री शिक्षा दिन जरुरी रहेको बताईन । उनले प्रदेश सरकारका तर्फबाट सहयोगका लागि आफूले निरन्तर आवाज उठाईरहेको र अहिले सम्बोधन नभए आगामी बजेटमा अन्य विद्यालयको तुलनामा बढी प्राथमिकताका साथ लाग्ने बताईन ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्ना बोहराको सभापतित्वमा एक औपचारीक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरिएको थियो । बैंकले सहयोग गरेको कापी, पेन्सिल, क्यारमबोर्ड, चेसबोर्ड लगायतका सामग्रीहरु कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद देवकोटा र बैंकका प्रदेश प्रमुख सुनिल नेपालले एकमुष्ट रुपमा विद्यालयलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अत्तरिया शाखा प्रमुख दिपेन्द्र बोहरा, प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।