सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्व, ४७ करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्व, ४७ करोडको बजेट Ramaroshan
२०८२ असार ०१ गते
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्व, ४७ करोडको बजेट

धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत), पूँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३ अर्व ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको जानकारी दिएका हुन ।