शुक्लाफाँटामा सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण
धनगढी,२ असार । सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि नगरपालिकाले उच्च प्राथमिता दिएको छ। यसैक्रममा शुक्लाफाँटा–११ कलुवापुरमा निः शुल्क रगत परीक्षण आयोजना गरिएको छ। निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ। ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट ९वाहक० फेला परेको छ। सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए।
उनका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन। छ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छु उनले भने, ुयस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमियासम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाइएको छैन।ु सिकलसेल ट्रेट देखिएका व्यक्तिलाई शिविरमा रहेका चिकित्सकहरुले आवश्यक परामर्श दिएका छन। सिकलसेल एनिमियासम्बन्धीको कुन्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीलाई सुझाव दिइएको छ। यसअघि नगरपालिकाका छ वडामा छुट्टाछुट्टै रुपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो।
स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोष को बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोष गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोष अर्धचन्द्र ९सिकल० आकारका र कडा हुने गरेका छन। अर्धचन्द्र आकारका विकृत कोष रक्तनलीहरूमा अड्किन गई रगतको प्रवाह अवरुद्ध गर्दा बिरामीलाई पीडा हुने गरेको पाइएको छ। ुअर्धचन्द्र आकारका रक्तकोष छोटो समयमै नष्ट हुने हुँदा बिरामीलाई रक्तअल्पता ९थकान, कमजोरी० गराउँछु उनले भने, ुअङ्ग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अङ्गमा क्षति पु¥याउन सक्छ।ु
यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रुपमा सर्ने गर्दछ। सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउछ। सिकलसेल ट्रेट आफैँमा रोग होइन, तर रक्त परीक्षणमार्फत थाहा पाउन सकिन्छ। सिकलसेल एनिमिया विशेष गरी थारु समुदायमा बढी देखिने गरेको छ।

