धनगढी,२ असार । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कुमा गएराति चट्याङ लाग्दा तीनवटा बाख्राको मृत्यु भएको छ। यस्तै एक महिला सामान्य घाइते भएकी छिन्। प्रहरीलाई प्राप्त जानकारी अनुसार राति करिब २ बजेतिर स्थानीय हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्दा घरको गोठमा बाँधिएका तीनवटा बाख्रा घटनास्थलमै मरेका हुन्। सो चट्याङको असरले बोगटीकी श्रीमती अन्दाजी २५ बर्षीया की चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) पदम सिंह साउदको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। असिना र चट्याङसहितको खराब मौसमका कारण स्थानीयवासीमा त्रास फैलिएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

