धनगढी,३ असार । दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जिल्लाको महाकाली नगरपालिका–६ निसिल घर भई काठमाडौँमा कार्यरत २७ वर्षीय प्रहरी जवान दीपेन्द्र पालको टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते हुनुभएको जानकारी दिनुभयो ।
मङ्गलबार बिहान थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि दीपेन्द्र घाइते हुनुभएको स्थानीय योगेशबहादुर पालले जानकारी दिनुभयो । उहाँ बिदामा घर आउनुभएको हो ।
घाइते प्रहरी जवान पाललाई अहिले जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । यता घाइते पाललाई हेलिकोप्टरमार्फत दार्चुलाबाट उद्धार गरी ठुलो अस्पताल लैजान उहाँका आफन्तले माग गर्नुभएको छ ।
हेलिकोप्टरबाट उहाँको उद्धारका लागि प्रहरी हेडक्वाटरमा कुरा गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । घाइते प्रहरी जवानको स्वास्थ्य अवस्था बुझ्न दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल जिल्ला अस्पताल पुग्नुभएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

