कैलाली कारागारका कैदीबन्दीको मृत्यु

कैलाली कारागारका कैदीबन्दीको मृत्यु Ramaroshan
२०८२ असार ०३ गते
कैलाली कारागारका कैदीबन्दीको मृत्यु

धनगढी, ३ असार / कैलाली जिल्ला कारागारका १ कैदीबन्दीको मृत्यु भएको छ । बैंकिङ कसुरमा कारागार चलान भएका डडेल्धुरा भागेश्वर–५ का २८ बर्षीय हरिश सिहं पालीको उपचारका क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहले सुदूरपत्रलाई जानकारी दिए ।

एक्कासी बिरामी भए पछि असार २ गते बिहान ११ बजेर ३० मिनेटमा अस्पताल पुर्‍याएको प्रहरी प्रवक्ता सिंहले बताए । उपचारका क्रममा के कारणले मृत्यु भएको हो यसबारे थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।