धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ Ramaroshan
२०८२ असार ०३ गते
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। २ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।