धनगढी,७ असार । कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गरिने भएको छ । नगरपालिकाको १५औ नगरअधिवेशनले मालाखेती अस्पतालमा आगामी आर्थिक वर्षदेखी सर्पदंश उपचार सेवा विस्तार गरिने निर्णय गरेको हो ।
अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख विरेन्द्र भट्टले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थीति हटाउन मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गर्ने निर्णय गरिएको बताए ।
नगरको ओलानी क्षेत्रमा सर्पको त्रास बढी हुने गरेको छ । वर्षेनी सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता त्यहाँका नागरिकहरुले भोग्दै आएका छन । तसर्थ वडाभेलामा पनि वडाध्यक्षहरुले मालाखेतीमा सर्पदंश उपचार सेवा हुनुपर्ने माग गरेका थिए । सो मागलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गरिएको नगरप्रमुख भट्टको भनाई छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

