दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु

दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु Ramaroshan
२०८२ असार २१ गते
दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु

 धनगढी,२१  असार ।  दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । दुहु गाउँपालिका–२ हिकिलाका ५८ वर्षीय आन सिंह बडालको भिरबाट लडेर मृत्यु भएको हो ।

उनको घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।