धनगढी,२२ असार । कैलालीको धनगढी उपमहानगरलाई पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमबीच उपमहानगरलाई पूर्णखोप पालिका तथा दिगोपना घोषणा गरिएको हो ।
२०८१ फागुनदेखि २०८२ वैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको नतिजाको आधारमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।
घरधुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या आठ हजार २१० रहेकोमा यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका पाँच र ड्रपआउट भएका ५९ जना जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए ।
सम्पूर्ण बालबालिकाले खोप पाएको सुनिश्चितता भएपछि उपमहानगरपालिका १९ वटै वडालाई पूर्णखोप सुनिश्चतता र दिगोपना प्रमाण पत्र प्रदान गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

