धनगढी, २६ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कञ्चनपुरको दक्षिणी क्षेत्रमा विभिन्न योजनाको अनुगमन गरेका छन ।
बुधबार उनले प्रदेश सरकारको लगानीमा निर्माण भएका र निर्माणाधीन योजनाको अनुगमन गरेका हुन । मुख्यमन्त्रीले पुनर्वास नगरपालिकास्थित प्याराताल, दिव्यधाम, कोटिहोम, बेलौरी नगरपालिकामा पर्ने बन्दाताल, भकुन्डास्थित रानाथारू सङ्ग्रहालय लगायतका योजनाको अनुगमन गरेका थिए ।
सो क्रममा उनले बेलौरीमा रहेको कालिका मन्दिर र कालेश्वर मन्दिरको दर्शन गरेको अनुमगन टोलीमा सहभागी प्रदेश सभा सदस्य दिवानसिंह विष्टले जानकारी दिए ।
मुख्यमन्त्रीसँग अनुगन टोलीमा सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेश सभा सदस्य विष्टसहित विक्रमसिंह धामी, शिवराज भट्टलगायतको सहभागिता रहेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

