अछाममा एक विद्यालयका शिक्षकले तलब नपाएपछि परीक्षा रद्द

अछाममा एक विद्यालयका  शिक्षकले तलब नपाएपछि परीक्षा रद्द Ramaroshan
२०८२ असार २७ गते
अछाममा एक विद्यालयका  शिक्षकले तलब नपाएपछि परीक्षा रद्द

 धनगढी,२७ असार । अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको छ । पन्चदेवल विनायक नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयको आज हुने भनिएको विज्ञान विषयको परीक्षा रद्द भएको हो । 

कक्षा ६ देखि १० कक्षा सम्मको त्रैमासिक परीक्षाको प्रश्न पत्र उक्त विषय शिक्षक दमन बुढाले तलब नपाएको भन्दै विद्यालयमा दिन नमान्दा परीक्षा रद्द भएको विद्यालयका प्रधानाध्यापक श्याम बहादुर धामीले जानकारी दिनुभयो । विज्ञान विषयका शिक्षक बुढाले ५ महिना देखि तलब नपाएकोले प्रश्न पत्र उपलब्ध गराउन नमानेका हुन ।

बिहान ११ बजेका लागि तोकिएको परीक्षामा  विद्यार्थीहरू कक्षा कोठामा प्रवेश गरिसक्दा समेत प्रश्न पत्र प्राप्त नहुँदा एक घण्टा ढिलो गरी सामाजिक विषयको परीक्षा लगिएको हो । विज्ञान विषयको परीक्षा भने अन्योल छ  । विज्ञान विषयको परीक्षाको तयारी गरेर गएका विद्यार्थीले सामाजिक विषयको परीक्षा दिनुपर्दा समस्या भएको बताएका छन् ।