धनगढी,२७ असार । लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी छन् ।
दुई वटा मोटरसाइकलमा आएका उनीहरुलाई चेकजाँचको क्रममा ब्राउन सुगर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसहित पाँच ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको सहप्रवक्ता जोशीले बताउनुभयो ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

