धनगढी,२७ असार । भारतले धौलिगंगा बाँध खोलेको छ । बिहिबार राती नेपाली समय अनुसार करिब २ बजेतिर भारतको धारचुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिएको हो ।
धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक बढेकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ ।
धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

