कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परि एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परि एक जनाको मृत्यु Ramaroshan
२०८२ असार २८ गते
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परि एक जनाको मृत्यु

 धनगढी,२८ असार । कञ्चनपुरमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका(१० त्रिपुरा मन्दिर नजिक मोटरसाइकल दुर्घटना भएको हो। पश्चिमबाट पूर्व तर्फ आउदै गरेका शुक्लाफाँटा नगरपालिका(१० का ३८ वर्षीय ललितराज जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।

नेपाल प्रहरीले शुक्रवार राति उनले चलाएको लुम्बिनी प्रदेश ०३-००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। जोशीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।