बैतडीको नाचन्थली नजिकै सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

बैतडीको नाचन्थली नजिकै सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध Ramaroshan
२०८२ असार २८ गते
बैतडीको नाचन्थली नजिकै सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

धनगढी,२८ असार । बैतडी, बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको नाचन्थली नजिकै सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

सडकमाथिबाट पहिरो खस्दा शनिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ । राजमार्ग अवरुद्ध हुँदा अहिले सवारी साधन बीचबाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीको डोजरले पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।