एपेस इन्टरनेशनलको धनगढीमा नयाँ शाखा सञ्चालनमा
धनगढी,२८ असार । अन्तर्राष्ट्रिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एपेस इन्टरनेशनल (APACE International) ले अब सुदूरपश्चिमका विद्यार्थीहरूका लागि धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
मंगलबार आयोजित एक औपचारिक समारोहबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले नयाँ शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा एपेस इन्टरनेशनल, काठमाडौँ -पुतलीसडक) का प्रबन्ध निर्देशक अखिल श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए, भने धनगढी शाखाका प्रबन्ध निर्देशक ठक्कर बोगटीले सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गरेर सेवा विस्तार गरिएको जानकारी दिए।
एपेस इन्टरनेशनलले अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड, आयरल्याण्डलगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई IELTS, PTE कक्षा, विश्वविद्यालय छनोट, भिसा प्रक्रिया र शैक्षिक परामर्शमा पूर्ण सहायता प्रदान गर्दै आएको छ।
अब धनगढी शाखाको सुरुवातसँगै विदेश जान चाहने, तर काठमाडौं पुग्न नसक्ने ग्रामीण र सुदूर क्षेत्रका विद्यार्थीहरूलाई आफैंको ठाउँबाटै सेवा लिने अवसर प्राप्त हुने विश्वास गरिएको छ। कार्यक्रममा विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। धनगढी शाखाले अबदेखि नियमित परामर्श, तयारी कक्षा र भिसा प्रक्रिया सेवा दिन सुरु गर्ने जनाएको छ।

