धनगढी,२८ असार । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका– ४ का २८ वर्षीय तेजबहादुर खड्का र कैलालीको गोदावरी नगरपालिका– २ शान्ति टोलका २२ वर्षीय रविन कुमार मल्ल रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका क्षेत्रबाट रविन कुमार मल्ललाई नियन्त्रणमा लिँदै जाँच गर्ने क्रममा नौ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। थप अनुसन्धानका क्रममा उनको संलग्नतामा रहेका तेजबहादुर खड्कालाई समेत पक्राउ गरिएको हो।
प्रहरीले बरामद गरेको लागु औषधसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ। प्रहरीले लागु औषधसम्बन्धी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई पनि तीव्र बनाएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

