नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा ओझा

नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा ओझा Ramaroshan
२०८२ असार २८ गते
नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा ओझा

 धनगढी,२८ असार । नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा शिवराज ओझा चयन भएका छन् । आज भएको अधिवेशनबाट ओझा निर्बिरोध सभापतिमा चयन भएका हुन् । उ-साखाको उप-सभापतिमा लक्ष्मी जोशी, सचिवमा पारस राज जोशी, उप सचिवमा राजेश गिरि, कोषाध्यक्षमा बालगोपाल गिरि चयन भएका हुन् ।

सदस्यहरुमा पारु जैशी, राम प्रसाद कम्ती, अंकिता बोहरा, लक्ष्मण राज पन्त र निर्मला उप्रेती चयन भएका छन् । उपशाखाको अधिवेशन सभाका साथै आज रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।